Like us!
Follow us!
Connect us!
Watch us!

कुहिएको चामल बिक्री गर्ने कम्पनी सिल

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १३ : ३४ मा प्रकाशित

कुहिएको चामल बिक्री गर्ने कम्पनी सिल

कुहिएको चामल बेचेको आरोप खेप्दै आएको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय सिल भएको छ ।

राष्ट्रिय उपभोक्ता मन्चको पहलमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता र अधिकारकर्मीको उपस्थितिमा कम्पनीको प्रादेशिक कार्यालय सिल गरिएको हो । 

कम्पनीको काठमाडौं थापाथलीस्थित कार्यालयविरुद्ध कर्णालीमा पठाएको बासमती चामल कुहिएको र त्यसलाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाएको आरोप लाग्दै आएको छ । 

काठमाडौंबाट आएको कुल एक हजार नौ सय ९० क्वीन्टल चामलमध्ये १५ क्वीन्टल बिक्री भइसकेको र एक हजार नौ सय ७५ क्वीन्टल बिक्री वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । ‘कम्पनीका कर्मचारीको मिलेमतोमा किरा लागेको अस्वास्थ्यकर चामल बिक्री भएको सूचना आएको थियो । त्यसपछि तत्कालमा बिक्री वितरणमा रोक लगाएका छौं,’ उनले भने, ‘तर किरा लागेको अस्वास्थ्यकर भनिएको चामल सरसरी हेर्दा त्यस्तो छैन । विभागको आदेश मान्नै पर्छ ।’

‘रि पोलिसिङ’ गरी काठमाडौंबाट बिक्रीका लागि सुर्खेत पठाएको चामल एकिन हुने बित्तिकै ल्याबमा परीक्षण गरि खानयोग्य वा अयोग्य रहेको पुष्टि हुने कार्यालयका प्रमुख थापाले बताए ।

मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाद्यान्न जस्तो वस्तुमा सरकारी स्वामित्वको कम्पनीकै कर्मचारीको मिलेमितोमा बेइमानी भएको अधिकारकर्मी विन्दुलाल रेग्मीले बताए । ‘सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको बासमती चामललाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो,’ उनले भने, ‘तर सरकारी कर्मचारीले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेका छन् ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको