Like us!
Follow us!
Connect us!
Watch us!

कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दो : अर्बौं रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, १५ : ५६ मा प्रकाशित

कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दो : अर्बौं रुपैयाँ बाहिरिँदै, मरिचदेखि चामलसम्म विदेशकै भर

 कृषिप्रधान देश नेपालको कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ । कृषिजन्य वस्तुको उत्पादन स्वदेशमा घटेपछि परनिर्भरता बढ्दै गएको हो । 

केही वर्ष अघिसम्म नेपालले निर्यात गर्ने गरेको कृषिजन्य वस्तुहरु अहिले ठूलो मात्रामा आयात गर्ने गरेको छ । जसका कारण अर्बाैँ रुपैयाँ नेपालबाट बाहिरिने गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालले २५ अर्बभन्दा बढीको कृषीजन्य वस्तु आयात गरेको छ । 
विभागको तथ्याङ्कले नेपाल मरिचदेखि चामलसम्म विदेशीमै भर परेको देखाएको छ । 

पछिल्लो सात महिनामा कच्चा भटमास तेल मात्र नेपालले ८ अर्ब ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँको आयात गरेको छ । सो मूल्यमा ५ करोड ३१ लाख २८ हजार ८८७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

केही वर्ष अघिसम्म नेपालले धान र चामल निर्यात गर्दै आएको थियो । अहिले धान र चामल निर्यात होइन नेपालले अन्य देशबाट आयात गर्दै आएको छ । 

२०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले २ अर्ब ४५ करोड ६१ लाख २५ हजार रुपैयाँको चामल आयात गरेको छ । उक्त मूल्यमा ४ करोड ९८ लाख ३१ हजार ३९० केजी चामल नेपाल भित्रिएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा २ अर्ब ४० करोड १८ लाख ३३ हजार रुपैयाँमा १ करोड ८९ लाख ७८ हजार ८१४ लिटर कच्चा पाम तेल नेपालले खरिद गरेको छ । 

पछिल्लो सात महिनामा २ अर्ब ८९ लाख ३ हजार रुपैयाँमा ६ करोड ६ लाख ४० हजार ६८३ केजी मकै नेपालमा भित्रिएको छ । सोही अवधिमा १ अर्ब ४७ करोड ५७ लाख ६१ हजार रुपैयाँमा ८५ लाख ९७ हजार ९२८ लिटर कच्चा सनफ्लवार तेल नेपालले खरिद गरेको देखिन्छ । 

चालु आर्थिक वर्ष सुरु भएयता नेपालले सुकेको केराउ १ अर्ब १६ करोड ८८ लाख ६५ हजार रुपैयाँको खरिद गरेको थियो । सो मूल्यमा १ करोड ९० लाख ६८ हजार ६८० केजी नेपाल भित्रिएको छ । 

यस आर्थिक वर्ष नेपालले १ अर्ब १४ करोड ३५ लाख ६३ हजार रुपैयाँको ४ करोड १३ लाख २९ हजार ९८० केजी धान खरिद गरिसकेको विभागले जनाएको छ । 

बदाम र ओखर मात्र ९६ करोड ४७ लाख २५ हजार रुपैयाँको नेपालले आयात गरेको छ । सो मूल्यमा ४६ लाख ३८ हजार ८४५ केजी बदाम र ओखर नेपाल भित्रिएको छ । 

नेपालका उखु किसानले उखुको मुल्य नपाइरहेका बेला करोडौं रुपैयाँ चिनी खरिदमा विदेश गएको विभागको तथ्याङ्कले देखाउँछ । यस आर्थिक वर्ष ७९ करोड ५३ लाख ९४ हजार रुपैयाँको १ करोड ६२ लाख ५७ हजार ७०० केजी चिनी नेपालले खरिद गरिसकेको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ७५ करोड १५ लाख ३४ हजार रुपैयाँको ९१ करोड १६ लाख ५२८ केजी मटमास र ७१ करोड ३८ लाख ६३ हजार रुपैयाँको २ करोड ८० लाख ८३ हजार ७९७ केजी आलु आयात गरेको छ । 

सोही समयमा नेपालले ६८ करोड ८ लाख ५७ हजार रुपैयाँको ७८ लाख २६ हजार ३८७ केजी स्याउ र ५१ करोड २ लाख १ हजार रुपैयाँको १ करोड ७० लाख ९२ हजार ८२१ केजी गहुँ समेत खरिद गरेको छ । 

विभागको तथ्याङ्क अनुसार ४१ करोड ७८ लाख ९० हजार रुपैयाँको आँप तथा अम्बा, ३६ करोड ३२ लाख १६ हजार रुपैयाँको मरिच, ३२ करोड ५७ लाख ३ हजार रुपैयाँको प्याज, ३१ करोड १७ लाख ५ हजार रुपैयाँको चना, २८ करोड ४९ लाख ६ हजार रुपैयाँको दलहन, २१ करोड २२ लाख ९३ हजार रुपैयाँको केरा गत साउनयता नेपाल भित्रिएको छ ।  

यस्तै, सोही अवधिमा १४ करोड ४७ लाख ८५ हजार रुपैयाँको अनार, १४ करोड २ लाख ४७ हजार रुपैयाँको तोरी, १० करोड ५० लाख २० हजार रुपैयाँको फ्रोजन आलु, ५ करोड ९१ लाख १९ हजार रुपैयाँको लसुन, ४ करोड ६३ लाख २५ हजार रुपैयाँको सुकमेल, २ करोड २३ लाख ९ हजार रुपैयाँको गोलभेडा नेपालले आयात गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको