Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे धानकाे मूल्य

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १६ : ०१ मा प्रकाशित

बढ्याे धानकाे मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । कार्तिक १६ गते बसेको मन्त्रिपरिषदकाे बैठकले धानको समर्थन मूल्य तोकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा धानको समर्थन मूल्य बढेको छ । 

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएकाे छ । उक्त मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले धेरै हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ रहेकाे थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछन् । त्यस्तै, तोकिएको  न्यूनतम समर्थन मूल्यमा  धान खरिद गर्ने कृषि सहकारीलाई ११२ रुपैयाँ  प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराइनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको