Like us!
Follow us!
Connect us!
Watch us!
लगानीकर्ताहरुबाट अशोभनीय व्यवहार भएको कर्मचारी संगठनको आरोप

"सहमति भाड्ने नियतले मनगणन्ते आरोप लगाईयो"-संघर्ष समिति (बोर्डमा के-के भएको थियो भिडियो सहित)

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ०६ : १५ मा प्रकाशित

"सहमति भाड्ने नियतले मनगणन्ते आरोप लगाईयो"-संघर्ष समिति (बोर्डमा के-के भएको थियो भिडियो सहित)

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले सेयर बजार सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समिती र भितोपत्र बोर्डका बिचमा भएको बार्ताका क्रममा लगानीकर्ताहरुले बोर्डका कर्मचारीहरु माथि अशोभनीय व्यवहार भएको र कर्मचारीहरुलाई अघोषित रुपमा कार्यलयमै बन्धक बनाईएको आरोप लगाएका छन् । 

विधिबार संगठनका सचिव राजाराम दुवालद्धारा जारी विज्ञप्तीमा भनिएको छ नेपाल धितोपत्र बोर्डको खुमलटार स्थित कार्यालयमा मिति २०७८।०६।०५ र २०७८।०६।०६ गतेका दिन लगानीकर्ताहरुका तर्फबाट आफ्ना माग राख्ने क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरी बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समय भन्दा पछि कार्यालय प्रवेशद्वारमा अवरोध गरी कार्यालय भित्र नै अघोषित रुपमा बन्धक बनाई कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको छ । 

बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्डको अध्यक्ष नरहेको अवस्थामा नीतिगत निर्णय हुन नसक्ने अवस्थाको वारेमा बोर्ड व्यवस्थापनबाट जानकारी गराउंदै गर्दा कर्मचारीहरुलाई कार्यालय बाहिर निस्कन नदिई अमर्यादित शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुगेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

यता आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समितीले भने आँफुहरुबाट कर्मचारिहरुमा थि कुनै पनि नराम्रो व्यवहार नभएको नगरेको भन्दै कर्मचारी संगठनको विज्ञप्ती बोर्ड र लगानीकर्ताहरुका विचमा भएको सहमति भाड्ने उद्देश्यले आएको आरोप लगाएकाछन् । 

संघर्ष समितीका संयोजक रोहन कार्कीले भने "हो यहाँहरु वार्ताको दिन कार्यलय समय भन्दा केहि बढि कार्यलयमा बस्नु पर्यो तर त्यसको जिम्मेवार को ? बोर्डे ३ः३० बजे वार्तामा बोलाएको मा ५ बजेसम्म पनि गेटमा ताला बन्द गरी सुरक्षाकर्मी परिचालन गरी वार्ताको वातावरण नबनाउने बोर्ड कि लगानीकर्ता ? बोर्ड र समितीका बिचमा वार्ता सुरु भएपछि वहाँहरुकै आग्रहमा हामिले कर्मचारिहरुलाई घर जानका लागि सहज वातावरण तयार बनाइदिएका थियौ अव आन्दोलनका क्रममा त्यो पनि वहाँहरुकै नेतृत्वको उदासिनताका कारण एक दिन कार्यलय समय भन्दा १ २ घण्टा बढि कार्यलय बस्नुपर्दा यस्तो विज्ञप्तीबाजी नै गर्नुपर्ने आवश्यकता म देख्दिन । यदि समयमा नै हाम्रा मागहरु सुनुवाई भएको भए र वार्ता समयमा नै सुरु गरेको भए ढिला सम्म बस्नुपर्ने अवस्था नै र्सिजना हुने थिएन ।"  

"बोर्डले नै लगानीकर्ताहरुलाई कार्यलयमा प्रबेश गर्न नदिएपछि मात्र कार्यलयबाट बाहिर लगानीकर्ताहरुले नाराबाजी गर्नुपरेको हो । यदि बोर्डले सामान्य ढंगले अघिल्लो दिनको सहमति अनुसार वार्ताको वातावरण र्सिजना गरेको भए नाराबाजीको अवस्था नै आउने थिएन, अनि आफ्नो गर्नुपर्ने दायित्व पुरा नगर्ने उल्टै लगानीकर्ताहरु लाई दोस लगाउने बोर्डले लगानीकर्ताहरुको संरक्षणका लागि निभाउनुपर्ने भुमिका राम्रोसंग र्निवाह गरेको भए त यो अहिलेको अवस्था आउने नै थिएन" कार्कीले भने । 

धितोपत्र बोर्ड लगानीकर्ताहरुको अविभावक पनि हो र यसले लगानीकर्ताको संरक्षण र हितमा काम गर्नु बोर्डको कर्तव्य पनि हो बोर्डले हरेक लगानीकर्ताहरुको एक एक आवाज सुन्नु पर्छ त्यो वहाहरुको कर्तव्य पनि हो त्यसैले समूहमा गएर लगानीकर्ताहरुले आफ्ना मागहरु सामुहिक रुपमा सभ्य रुपमा राख्दा पनि त्यहिका कर्मचारी संगठनहरुले युनियनका नाममा यसरी लगानीकर्ताहरुको विरुद्धमा विज्ञप्तीबाजी गर्नु उचित र स्वभनिय नदेखिएको कार्कीको तर्क छ । लगानीकर्ताहरुको प्रदर्शन र वार्ताका हरेक गतिविधीहरु मिडियाहरुले एक एक रुपमा रेकर्ड गरेका छन् जसलाई अहिले पनि हेर्न सकिन्छ त्यो हेरेर प्रमाणित गर्नसक्नु पर्यो कि कहाँनिर लगानीकर्ताहरुले अशोभनीय व्यवहार गरे ।  

लगानीकर्ता र बोर्डका बिचमा वार्ता भएको दिन वार्ता स्थल र प्रदर्शन स्थलमा के के भयो ? जस्ताको तस्तै स्थलगत रिपोर्टिङ

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको