Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको “के.एस डिजी” वालेट सेवा सञ्चालनमा

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १४ : ३४ मा प्रकाशित

कामना सेवाको “के.एस डिजी” वालेट सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । हिजो एक कार्यक्रमकाबीच बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन् ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरु अपलाेड गरी “KS Digi” Wallet खोल्न सक्नेछन् ।

यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ ।  साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैंकिङ सेवा तथा सुविधाहरु रहेका छन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको