Like us!
Follow us!
Connect us!
Watch us!

विजया दशमी र एकादशीमा मनकामना केबलकार सेवा रोकिँदै

अर्थ संसार

विहीबार, १६ असोज २०८२, ०९ : २७ मा प्रकाशित

विजया दशमी र एकादशीमा मनकामना केबलकार सेवा रोकिँदै

दशैं पर्वको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ।

मनकामना केबलकार प्रा.लि.का अनुसार यस वर्षको विजया दशमी (असोज १६, अक्टोबर २) र एकादशी (असोज १७, अक्टोबर ३) मा केबलकार सञ्चालन नहुनेछ। कम्पनीले यात्रुहरूलाई असुविधा हुन सक्ने भन्दै क्षमायाचना गरेको छ।

यद्यपि, सेवा असोज १८ (अक्टोबर ४), शनिबारदेखि नियमित रूपमा सुचारु हुने जानकारी गराइएको छ। कम्पनीले यात्रुहरूलाई अझ सुरक्षित, सहज र व्यवस्थित सेवा दिन निरन्तर प्रतिबद्धता जनाएको छ।

यसै अवसरमा मनकामना केबलकार परिवारले आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई विजयादशमी र बडादशैंको शुभकामना दिंदै सबैको जीवनमा शान्ति, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने कामना गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको