Like us!
Follow us!
Connect us!
Watch us!

दसैंमा घर जानेको लर्को, पाँच दिनमा १ लाख ८९ हजार यात्रु काठमाडौंबाट बाहिरिए

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १४ : ४७ मा प्रकाशित

दसैंमा घर जानेको लर्को, पाँच दिनमा १ लाख ८९ हजार यात्रु काठमाडौंबाट बाहिरिए

संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

कार्यालयले थानकोट,साँगा,दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएको जनाएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेका हुन्।  

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ। पछिल्ला दिनमा काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको