नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित लाभांशमा नेप्सेले मूल्य समायोजन गरेको । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
नेप्सेले कम्पनीको हिजोको अन्तिम कारोबार मूल्य १६६६.१० रुपैयााम लाभांश समायोजन गरेको हो । आज मूल्य समायोजन पछि कम्पनीको सेयर कारोबार १३८८.४२ रुपैयाँँमा खुल्ने छ ।
कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको थियो ।
साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस