Like us!
Follow us!
Connect us!
Watch us!

रिज लाईन ईनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १३ : ३७ मा प्रकाशित

रिज लाईन ईनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

रिज लाईन ईनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार रूपैयाँको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

उक्त सम्झाैतापत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको