Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र पूँजीबजार सुधार संघको अनुरोध “रात पछि दिन आउँछ धेरै प्यानिक भएर सेयर नबेचौँ”

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १७ : ३३ मा प्रकाशित

स्वतन्त्र पूँजीबजार सुधार संघको अनुरोध “रात पछि दिन आउँछ धेरै प्यानिक भएर सेयर नबेचौँ”

अहिलेकाे बजारकाे विषयमा बाेल्दै स्वतन्त्र पूँजी बजार सुधार संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । केही समय देखि सेयर बजार निरन्तर रुपमा घटीरहेको र बजार तीव्र गतिमा घट्नु पर्ने कुनै खास कारण भने नदेखिएकाे उल्लेख छ ।

बजारमा चल्ने अनेक हल्लाको पछि लागेर हतोत्साहित नहुन नयाँ तथा आम लगानीकर्ताहरुमा संघले आग्रह गरेकाे छ ।

विज्ञप्ति भनिएकाे छ, "रातपछि दिन आउँछ भने: शेयर बजार पनि घटेपछि बढ्ने निश्चित छ । यो समय भनेको शेयर बजारको लागि माना रोपी मुरी फलाउने समय हो । त्यसैले अहिले कोहि लगानीकर्ता पनि प्यानिक हुनुपर्ने अवस्था छैन र प्यानिक नहुन सम्पूर्ण लगानीकर्ताहरुमा आग्रह गर्दछौं ।"

बजार अलिकति बढ्ने बित्तिकै विज्ञप्ती निकाल्न हतारिने सम्बन्धित निकायहरु बजार निरन्तर ओरोलो लाग्दा भने कोहि चुइँक्क बोलेको नपाइएकाे भन्दै पूँजी बजारको विकासको लागि सम्बन्धित निकायहरुलाई जिम्मेवार हुन र बजारको विषयमा तत्काल सम्बोधन गर्न विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइएकाे छ ।

अहिले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै बजारको बारेमा सकारात्मक रहेकोले बजार सुधार हुने निश्चित रहेकाे विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्ति हेर्नुहाेस् :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको