Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १० : १२ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज  अन्तिम दिन

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियाे । 

कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्छ । 

संस्थाले जारी गरेको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी दिनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको