अपि पावर कम्पनी लिमिटेडले जेठ १८ लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरु आज (बुधबार) खोलिने भएको छ ।
उक्त सेयरमा परेका बोलपत्र आज (असार १ गते, बुधबार अपि पावर कम्पनीको कार्यलय ट्रेड टावर, थापथली काठमाडौंमा बिहान ९ः३० बजे खोलिन लागेको हो ।
कम्पनीले जेठ १८ गतेदेखि २६ गतेसम्म ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस