Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम अवसर

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ११ : २५ मा प्रकाशित

सपोर्ट लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम अवसर

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलेको संस्थापक समूहको सेयर लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ । संस्थाले १५ हजार ८ सय ५० कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज मंसिर १३ गते कार्यलय समयसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको