Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरित हकप्रद जेठ १८ बाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ०६ : २६ मा प्रकाशित

अपि पावरको अवितरित हकप्रद जेठ १८ बाट लिलामीमा आउँदै, कहाँबाट दिने आवेदन ?

अपि पावर कम्पनीले जेठ १८ गतेबाट सर्वसाधार समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले २०७८ चैत्र २५ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।  उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले जेठ २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त सेयरको बिक्री प्रबन्धकको काम मुत्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं, अपि पावर कम्पनी लिमिटेडको कार्यलय थापाथली काठमांडौ, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी–भक्तपुर, कुमारीपाटी–ललीतपुर, इटहरी, इलाम, पृथ्वीचोक–पोखरा, बुटवल, विराटनगगर, विरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको