Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रदलाई विद्युत् नियमन आयोगको स्वीकृति

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १५ : ४६ मा प्रकाशित

अपि पावरको हकप्रदलाई विद्युत् नियमन आयोगको स्वीकृति

अपि पावर कम्पनी लिमिटेडले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो । 

कम्पनीको भदौ २५ मा सम्पन्न साधारणसभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको थियो । 

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्नभई सकेको छ । आगामी वर्ष देखि यो आयोजना संचालनामा आउनेछ । हकप्रदबाट संकलित पूँजि यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ । 

यसै आर्थिक वर्षमा कम्पनी चन्द्र निगाहपूरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनीलि ६२.५ मे.वा. को कम्पनी हुनेछ । आगामी वर्ष देखि कम्पनीको मुनाफामा उल्लेख्या वृद्धि हुनेछ र कम्पनीले दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत जनाएको छ ।

आयोगले पूर्व स्वीकृति दिंदै विभिन्न छ ओटा शर्तहरु पनि तोकेको छ । शेयर विक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सोसमेत समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ । त्यस्तै ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्तसमेत राखेको छ ।

6156e93e83a59.png 6156e9435b44c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको