Like us!
Follow us!
Connect us!
Watch us!

कोभिसिल्डलाई मान्यता नदिएपछि बेलायती पनि भारत आँउदा अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १२ : ४२ मा प्रकाशित

कोभिसिल्डलाई मान्यता नदिएपछि बेलायती पनि भारत आँउदा अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने

भारतले आफ्नो देश भ्रमण गर्ने सवै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए । 

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको  दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ । 

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारिन्टिनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने सर्त राखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको