Like us!
Follow us!
Connect us!
Watch us!

१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १४ : ४० मा प्रकाशित

१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो

नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् ।  

५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने निर्णय गरे पनि जिल्ला प्रशासनमा पत्र नआएका कारण बन्द रहँदै आएको थियो । पत्र आएलगत्तै नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । आइतबारदेखि नै भारतबाट आउने र नेपालबाट जाने सवारीसधान सहज रुपमा चल्न थालेका छन् । नाका खुला भए पनि नेपाल आउने यात्रु र पर्यटकले भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागे सीमामै एन्टीजेन परीक्षण गरिने बताए । एन्टीजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतिजा अनुसार व्यवस्थापन गर्ने उनले बताए । 

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन् । सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन । तर, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको