Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बाेनस कति ?

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १० : १९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बाेनस कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजाे (असाेज १७ गते) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंककाे १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । 

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र २१ प्रतिशत नगद गरि कूल ४१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । 

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ८.५ प्रतिशत नगद गरि कूल १९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ५.५ प्रतिशत नगद गरि कूल १८.५ प्रतिशत लाभांश वितरण गरेकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615a85b25ce8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको