Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेप्से

मंगलबार, २० मंसिर २०७९, १६ : २७ मा प्रकाशित

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ४ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय ४२ रूपैयाँ १२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय ५१ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे ३६औँ वार्षिक साधारण सभा पाैष ७ गते हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

638f1d98b2f9b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको