Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलले ल्यायाे नि:शुल्क डिम्याट र मेरो सेयर खोल्ने योजना

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, १३ : ३८ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलले ल्यायाे नि:शुल्क डिम्याट र मेरो सेयर खोल्ने योजना

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता नि:शुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस विशेष योजना ल्याएको हो ।

यस वर्ष पर्न आएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सबै फरक क्षमता भएका व्यक्तिहरुले, एनआइबिएल एस क्यापिटलबाट निशुल्क डिम्याट तथा मेरो सेयरको खाता खोल्न सक्ने कुरा क्यापिटलले जनाएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (Demat Account) खोल्न तथा मेरो सेयर दर्ता (Meroshare Registration) विद्युतिय प्रणाली (Online) मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।

उक्त योजना यही मंसिर १६ गतेदेखि मंसिर १८ गते (३दिन) सम्मको लागिलागु हुने यस क्यापिटलले जनाएको छ । उक्त योजना अवधिभर एनआईबिएल एस क्यापिटल लिमिटेडमा डिम्याट तथा मेरो सेयरको खाता खोल्ने फरक क्षमता भएका ग्राहकमध्येबाट गोलाप्रथाद्वारा छनोट गरी ५ जना भाग्यशाली विजेतालाई एनआईबिएल सहभागिता फण्डको १०० इकाई उपहार प्रदान गर्ने पनि क्यापिटलले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको