Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको आईपीओमा हालसम्म १८ लाखले दिए आवेदन, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १७ : ३५ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आईपीओमा हालसम्म १८ लाखले दिए आवेदन, पर्ने सम्भावना न्यून बन्दै

 न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिनेको ओइरो लागेको छ ।

साेमबार साँझसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जना आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ११.५१ गुणा धेरै हो । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको