Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

अर्थ संसार

सोमबार, ०१ कार्तिक २०७८, १३ : ०३ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।

क्यापिटलका अनुसार उक्त आईपीओकाे प्री-अलाेटमेन्ट भाेलि (कार्तिक २ गते, मंगलबार) बिहान १० बजे क्यापिटलकै कार्यालयमा गर्ने तयारी गरिएकाे छ । भाेलि प्री-अलाेटमेन्टकाे काम सम्पन्न गरी यसै साताभित्र बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिन मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १४.०८ गुणा धेरै हो ।  

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेदाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २१ लाख ४७ हजार जना आवेदककाे भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको