Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे न्यादी हाइड्रोपावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, ०९ : ०५ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे न्यादी हाइड्रोपावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनएमबि क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

उक्त आईपीओकाे बाँडफाँड कार्तिक ५ गते, शुक्रबार सम्पन्न भएकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियाे । जस अनुसार २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए । बाँकी २० लाख ५२ हजार बढी आवेदककाे हात खाली भएकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

618dde0ed8f6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको