Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १७ : २३ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ ।

अन्तिम दिन मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १४.०८ गुणा धेरै हो । अन्तिम तथ्यांक थाेरै तलमाथि पर्न सक्नेछ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको