Like us!
Follow us!
Connect us!
Watch us!

एक हजार ३० जना कोरोना संक्रमित थपिँदा एक हजार जना संक्रमणमुक्त

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १७ : ४३ मा प्रकाशित

एक हजार ३० जना कोरोना संक्रमित थपिँदा एक हजार जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण पाइएको हो । 

सोसँगै देशभर सक्रिय संक्रमित १६ हजार ६०६ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । 
पछिल्लो २४ घन्टामा एक हजार जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७० हजार २२४ रहेको छ । 

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव पाँच प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ । 

हाल देशभर ३५१ जना सघन उपचार कक्ष (आईसीयू), ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेसन, एक हजार १५२ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको