Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफले सेयर स्वामित्व परिमार्जन गर्ने

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ११ : १८ मा प्रकाशित

एशियन लाईफले सेयर स्वामित्व परिमार्जन गर्ने

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  कम्पनीले संस्थापक समूहकाे सेयर स्वामित्व १० प्रतिशत घटाउन थालेकाे हाे ।

कम्पनीकाे बार्हाैँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गरेकाे थियाे । कम्पनीले नियामक निकाय बीमा समितिबाट पनि सेयर स्वामित्व परिमार्जन गर्न स्वीकृति पाइसकेको छ । 

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात हुनेछ ।  

त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई साेही अनुसारकाे स्व:घोषणा गरी यस सूचना प्रकाशन भएकाे ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

615be6a332385.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको