एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर बिक्रीका लागि बोलकबोल प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसअघि असार २५ देखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो क्रममा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर अब लिलामीमार्फत उपलब्ध गराइएको हो।
लिलामीमा आउने कुल सेयरमध्ये ३० हजार ३८.५७ कित्ता संस्थापक समूहतर्फ र ३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारणतर्फ रहेका छन्।
कम्पनीले यस सेयर खरिदका लागि व्यक्ति, कम्पनी वा कुनै पनि संघ–संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरेको छ। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिन इच्छुकले कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा उपलब्ध सबै सेयरमा समेत बोलकबोल गर्न सकिनेछ।
बोलपत्र आवेदन मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू — ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर — मा पेश गर्न सकिनेछ।
लिलामीमा सहभागी हुन इच्छुक लगानीकर्ताले आफ्नो आवेदन पत्र भदौ २९ गतेभित्र बुझाउनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस