एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयर खरिदका लागि आवेदन अवधि थप गरेको छ।
कम्पनीले गत असार २५ देखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो अवधिमा आवेदन नपरेका ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर भदौ २२ गतेदेखि लिलामीमा बिक्रीका लागि राखिएको हो।
लिलामी सेयर खरिदको लागि सुरुमा भदौ २९ गतेसम्म आवेदन दिनुपर्ने व्यवस्था थियो। तर अब लगानीकर्तालाई थप समय दिँदै आवेदन बुझाउने अन्तिम मिति असोज ५ गतेसम्म पुर्याइएको कम्पनीले जनाएको छ।
लिलामीमा उपलब्ध सेयरमध्ये
३० हजार ३८.५७ कित्ता संस्थापक समूहतर्फका छन्।
३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारण समूहतर्फका छन्।
सेयरको न्यूनतम मूल्य रु. १०० तोकिएको छ।
बोलकबोल पेश गर्दा कम्तीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण अवितरित कित्ता खरिदका लागि आवेदन दिन सकिने व्यवस्था छ।
आवेदन दिन इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले निम्न कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन्
मुक्तिनाथ क्यापिटल, नक्साल (केन्द्रिय कार्यालय)
मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरू : ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस