Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको अवितरित हकप्रद लिलामीमा आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०७ : ०८ मा प्रकाशित

एशियन लाइफको अवितरित हकप्रद लिलामीमा आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिन आज (असोज ५ गते) अन्तिम मौका रहेको छ। कम्पनीले भदौ २२ गतेदेखि बोलपत्र संकलन प्रक्रिया सुरु गरेको हो।

यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १:०.४२ अनुपातमा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको अंशलाई कम्पनीले लिलाममार्फत बिक्रीमा ल्याएको हो।

यसअन्तर्गत संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर उपलब्ध छन्। यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ कम्तीमा १०० कित्ता शेयरका लागि आवेदन अनिवार्य रहनेछ। अधिकतम संख्यामा भने कुनै सीमा राखिएको छैन।

धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ। साथै, लगानीकर्ताले बोलपत्र मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयबाट पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको