Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश प्रस्ताव

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०८ : ४८ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश प्रस्ताव

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार ३० गतेका लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंमा आयोजना हुनेछ भने साधारणसभा र लाभांश प्रयोजनका लागि असार २० गते बुक क्लोज गरिनेछ। यसको अर्थ, असार १९ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्तापुँजीको ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद लाभांश गरी कुल ५.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरूलाई वितरण गरिनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही वर्षको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरूमाथि पनि छलफल गरी स्वीकृत गरिनेछ।

सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश, कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत अर्थात् ९१ लाख २५ हजार ८७६ रुपैयाँ पारित गरिनेछ। साथै, संस्थापक समूह (क) तर्फबाट तीन जना र सर्वसाधारण समूह (ख) तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गरिनेछ भने एक जना स्वतन्त्र सञ्चालक पनि मनोनित गरिनेछ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। हालको लेखापरीक्षक बी.के. अग्रवाल एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने सम्भावना रहेको छ।

विशेष प्रस्तावको रूपमा, कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको संचित नाफाबाट ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ चुक्तापुँजीको ५.१० प्रतिशत बराबर १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव ल्याएको छ। बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गरिनेछ। साथै, बोनस सेयर वितरण कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र आवश्यक निर्देशन पालना गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको