Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको १० वर्षे लाभांश ईतिहासः १० गुणाले बढ्यो सेयर संख्या

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १५ : ५५ मा प्रकाशित

नागरिक लगानी कोषको १० वर्षे लाभांश ईतिहासः १० गुणाले बढ्यो सेयर संख्या

नागरिक लगानी कोष नेपालको सेयर बजारका ब्लुचिप कम्पनीमध्यमा पर्ने कम्पनी हो । यसले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । यो कम्पनी नागरीक लगानी कोष ऐन २०४८ अन्तर्गत एक सार्वजनिक वित्तीय संस्थाको रूपमा नेपाल सरकार र जनाताको लगानीमा वि.सं २०४७ साल चैत्र महिनामा स्थापना भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कोषले ७१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.१३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष कोषले ६१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो । 

अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा कोषको जगेडा कोष पनि १२ अर्ब ८५ करोड रुपैयाँबाट बढेर १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कोषले मुद्दति निक्षेपमा १ खर्ब ३ अर्ब रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १८ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ । हाल नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ११ पैसा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ४१ पैसा थियो ।

कम्पनीले विगत १० वर्षमा आफ्ना लगानीकर्ताहरुलाई वितरण गरेको मुनाफा हेर्दा कम्पनीले राम्रो मुनाफा वितरण गरेको देखिन्छ । १० बर्ष अघि कम्पनीको १०० कित्ता सेयर किनेका लगानीकर्ताहरुको सेयर संख्या कम्पनीले विभिन्न आर्थिक बर्षमा वितरण गरेको बोनसबाट ११ सय कित्ता भन्दा माथि पुगेको छ ।

कम्पनीको पछिल्लो १० वर्षको लाभांश ईतिहास यस्तो छः 

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा काेषले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा काेषले आफ्ना सेयरधनीहरूलाई ३८.८९ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा काेषले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत बाेनस सेयर र २.६३ प्रतिशत नगद गरि कूल ५२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा काेषले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र ६.८४ प्रतिशत नगद गरि कूल ४१.८४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा काेषले आफ्ना सेयरधनीहरूलाई २१.८५ प्रतिशत बाेनस र १.१५ प्रतिशत नगद गरि कूल २३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा काेषले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बाेनस र १.१५७ प्रतिशत नगद गरि कूल २३.१५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि काेषले आफ्ना सेयरधनीहरूलाई २२.०६ प्रतिशत बाेनस र १.१६ प्रतिशत नगद गरि कूल २३.२२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा काेषले काेषले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बाेनस र र १.१६ प्रतिशत नगद गरि कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा काेषले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बाेनस र १.१६ प्रतिशत नगद गरि कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा काेषले आफ्ना सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस र ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको