Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ ?

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १४ : ३८ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले कति पायो रेटिङ ?

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १ अर्ब १५ करोड ७६ लाख रूपैयाँकाे ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदाै १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । कम्पनीले १:०.४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । 

हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको