Like us!
Follow us!
Connect us!
Watch us!

आईजीआई प्रुडेन्सियलको नाफा १५६.६७%ले नाफा बढयो, प्रति सेयर आम्दानी २० माथि

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०६ : ४४ मा प्रकाशित

आईजीआई प्रुडेन्सियलको नाफा १५६.६७%ले नाफा बढयो, प्रति सेयर आम्दानी २० माथि

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 

इन्स्योरेन्स कम्पनीले १५६.६७ प्रतिशतले खुद नाफा बढाएको देखिन्छ। गत आर्थिक वर्षको अन्तिम मसान्त सम्म इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो। कुल आम्दानी पनि ८९.६३ प्रतिशतले बढेको छ। 

 खुद आर्जित प्रिमियम 
असार मसान्त सम्म कम्पनीले १ अर्ब ४१ करोड खुद आर्जित प्रिमियम उठाएको छ। जुन ९०.५६ प्रतिशतले बढेको हो। 

प्रति सेयर आम्दानी
२० रुपैयाँ २१ पैसा (१२ रुपैयाँ ३३ पैसा बढयो)

मूल्य आम्दानी अनुपात
२७.६१ गुणा रहेको

प्रति सेयर नेटवर्थ
१८७ रुपैयाँ ७० पैसा

चुक्ता पूँजी
३ अर्ब २ करोड रुपैयाँ 

जगेडा कोष 
१ अर्ब ७२ करोड रुपैयाँ

महाविपत्ती कोष
८ करोड १२ लाख रुपैयाँ

रिटेन्ड अर्निङ्ग
३४ करोड ६२ लाख रुपैयाँ

अन्य इक्विटी
५० करोड ३३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको