Like us!
Follow us!
Connect us!
Watch us!

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको बिमा शुल्क ९७%ले, खुद नाफा १९.४१%ले बढ्यो

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १२ : २३ मा प्रकाशित

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको बिमा शुल्क ९७%ले, खुद नाफा १९.४१%ले बढ्यो

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ। 

खुद नाफा 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिना सम्म १८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधि सम्ममा कम्पनीले १२ करोड १६ रुपैयाँ नुड नाफा आर्जन गरेको थियो ।यो नाफा गत वर्षको तुलनामा १९.५१ प्रतिशतले बढेको हो ।

बीमा शुल्क आर्जन 

यस कम्पनीले गत आर्थिक वर्षको पहिलो छ महिनामा १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यो ७६ प्रतिशतले बृद्धि हो ।

बिमा शुल्क आर्जन 

कम्पनीले यस अवधिमा ५१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।यो ९७ प्रतिशतले बढेको हो।

महाविपत्ती कोष
६ करोड ७३ लाख रुपैयाँ 

जगेडा कोष
८ करोड ८१ लाख ६८ हजार रुपैयाँ 

अन्य इक्विटी
४४ करोड २४ लाख रुपैयाँ

प्रति सेयर आम्दानी
१२.१३ रुपैयाँ

प्रति सेयर नेटवर्थ
१६७.५५ रुपैयाँ 

पूँजी
३ अर्ब २ करोड रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको