Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसीको 'प्लेयर अफ द मन्थ'को मनोनयनमा सन्दीप लामिछाने

अर्थ संसार

बुधबार, २० असोज २०७८, १६ : ४२ मा प्रकाशित

आईसीसीको 'प्लेयर अफ द मन्थ'को मनोनयनमा सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ सेप्टेम्बरको मनोनयनमा परेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ‘को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा ब्याटर जसकरण मल्होत्रा परेका छन् । 

सन्दीपले यसअघि आईसीसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वाेत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको मनोनयन सूचीमा परेका हुन् ।

यसैबीच, बंगलादेशका नासुमले घरेलु मैदानमा भएको टि–ट्वान्टी श्रृंखलामा न्युजिल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले श्रृंखलामा आठ विकेट लिएका थिए । यस्तै चौथो खेलमा १० रन खर्चिएर चार विकेट लिएका थिए । 

अमेरिकी मल्होत्राले पिएनजी र आईसीसी विश्वकप लिग–२ मा  १७३ रनमा अविजित रहेका थिए । उनले पूरा ६ एकदिवसीय खेलमा २६१ रन बनाएका थिए । 

यस अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । 

आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । यस अवार्डको विजेता अर्को सोमबार घोषणा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको