Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा सस्तोमा जुत्ताचप्पल किन्ने अबसर, भृकुटीमण्डप मेलामा ७० प्रतिशतसम्म छुट

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १० : ५७ मा प्रकाशित

दशैंमा सस्तोमा जुत्ताचप्पल किन्ने अबसर, भृकुटीमण्डप मेलामा ७० प्रतिशतसम्म छुट

तपाइँले दशैंका लागि जुत्ताचप्पल किन्नु भयो ? केही नेपाली जुत्ताचप्पल उत्पादकले भृकुटीमण्डपमा भारी छुटमा जुत्ताचप्पल मेला गरिरहेका छन्। दशैँलाई लक्षित गरेर काठमाडौंको भृकुटिमण्डप प्रवेशद्वारसँगै आयोजना गरिएको जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ ।

मेला असोज ९ गतेदेखि सञ्चालन भइरहेको छ । मेला असोज २६ गतेसम्म सञ्चालन हुनेछ । कारोना भाइरसपछिको पहिलो सहुलियत मेलामा नयाँ मोडलका जुत्ताहरूमा समेत ७० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ । यसका साथै, हरेक जुत्ताका वारेन्टी पनि दिइन्छ ।

यसै मेलाका लागि दशैँ लक्षित गरिएर १५ सयभन्दा धेरै नयाँ डिजाइनका जुत्ता चप्पलहरु सार्बजनिक गरिएको छ । समग्रमा ३००० भन्दा बढी आधुनिक डिजाइनका जुत्ता चप्पलहरू रहेका छन् । अहिलेको विषम परिस्थितीलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गरी सञ्चालन गरिएको यस मेलामा पाइने जुत्ताहरूको मूल्य ५ सय रूपैयाँदेखि ३ हजार रूपैयाँसम्मका छन् । यस मेलामा केटीएम सुज, फुटमान्डु सुज, पीजी सुज, एस लेदर लगायतका विभिन्न ब्रान्डका जुत्ताहरू छानीछानी किन्न पाइन्छ ।

615e85c116f52.jpg 615e85cbc9ec8.jpg 615e85d0d4aa3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको