Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः वेलायत

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १२ : ५२ मा प्रकाशित

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः वेलायत

आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ वेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा वेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको वेलायतले आरोप लगाएको हो ।

वेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्याण्ड्सबाट  ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई वेलायत पठाउन रोक्ने चेतावनी दिएको वेलायतको दाबी छ ।

२२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको वेलायतको दाबी छ । खोप फिर्ता हुँदा वेलायतलाई ठूलो नोक्सान भएको उसको भनाई छ । तर, वेलायतको आरोपलाई एस्ट्रजेनेकाले अस्वीकार गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको