Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड : लगानीकर्ताले पाए अधिकतम ८० कित्तासम्म सेयर

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १२ : ५९ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड : लगानीकर्ताले पाए अधिकतम ८० कित्तासम्म सेयर

सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको लागि निष्कासन गरेको साधारण सेयर हिजाे असोज २० गते बुधबार बाँडफाँड गरिएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि आईपीओ निष्कासन गरेको थियाे ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको सेयरका लागि ३ हजार २ सय ५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् ।

आयोजना प्रभावित समुहका लागि छुट्याईएको सेयरका लागि १७ हजार ७ सय ८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म सेयर पाएका छन् । 

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । पहिलो चरणको साधारण सेयर बाँडफाँड गरेसँगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण सेयर निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको