Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको साधारणसभा आज, लगानीकर्ताको हात खाली

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, ०८ : १२ मा प्रकाशित

सामलिङ्ग पावरको साधारणसभा आज, लगानीकर्ताको हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडको तेस्रो साधारणसभा आज चैत्र २१ गते, सोमबार कार्की ब्याङ्केट बबरमहल, काठमौंडौमा बिहान १० बजेदेखि सुरू हुदैछ ।

सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने बिशेष प्रस्ताव पारित गर्ने छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ । साथै सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।  

कम्पनीले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

उक्त साधारण सेयर ९आईपीओ० को बाँडफाँड कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियो । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको