Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको साधारण सभा चैत्र २१ गते, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, ०८ : २० मा प्रकाशित

सामलिङ्ग पावरको साधारण सभा चैत्र २१ गते, लगानीकर्तालाई छैन लाभांश

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आफ्नो तेस्रो साधारणसभा आह्वान गरेको छ ।  बैंकको हिजो (फागुन २९ गते, आईतबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको तेस्रो वार्षिक साधारण सभा चैत्र २१ गते, सोमबार कार्की ब्याङ्केट बबरमहल, काठमौंडौमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने बिशेष प्रस्ताव पारित गर्ने छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ । साथै सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।  

कम्पनीले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

उक्त साधारण सेयर ९आईपीओ० को बाँडफाँड कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियो । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।

कम्पनीले सार्वजनिक गरेको सूचना यस प्रकारको छः

622eaa96a7b53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको