Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ पावरको नाफामा उछाल, २१४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०८ : ५७ मा प्रकाशित

सामलिङ पावरको नाफामा उछाल, २१४ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २ करोड ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ९० लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ९ करोड ८९ लाख ६२ हजार रूपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा २१४.७२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड १४ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ र जगेडा कोषको आकार ९ करोड ५५ लाख ९२ हजार रूपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर ५ रुपैयाँ ५२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११९.१२ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७६.७७ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6374560fa4f00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको