प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा भाेलि (कार्तिक १ गते, साेमबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार विभिन्न प्रकारकाे बचत खातामा न्युनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ३ देखि ६ महिनासम्मका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत, १ वर्षदेखि माथिको लागि ८.२५ प्रतिशत र संस्थागततर्फ ३ देखि ६ महिनाका लागि ७.७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत र एक वर्षदेखि माथि अवधिका लागि ८.२५ प्रतिशत व्याज निर्धारण गरिएकाे छ ।
बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस