Like us!
Follow us!
Connect us!
Watch us!

नोटको सुरक्षा कसरी गर्ने ? यस्ताे छ तरिका

अर्थ संसार

आइतबार, ३१ असोज २०७८, १३ : १८ मा प्रकाशित

नोटको सुरक्षा कसरी गर्ने ? यस्ताे छ तरिका

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन ।

झुत्रो नोट भन्नाले के बुझिन्छ ?

झुत्रो नोट भन्नाले च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको आदि नोटलाई जनाउँदछ ।

झुत्रो नोट साट्न के गर्नुपर्दछ ?

झुत्रो नोट साट्न झुत्रो नोट बैंकमा पेश गर्नुपर्दछ । यदि झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ ।

झुत्रो नोट कहाँबाट साट्न सकिन्छ ?

नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंकका प्रदेशस्थित सम्पुर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पुर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ ।

सरकारले भदौ १ गतेदेखि मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ पनि लागू गरेको छ। उक्त ऐनमा, नोटमा लेख्ने र केरमेट गर्नेलाई पनि फौजदारी कसुर भनि परिभाषित गरिएको छ। नोटलाई काम नलाग्ने गरी च्यातेमा वा कसैले बैंक नोटमा लेखेमा वा कोरेमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको