Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोटसहित ९ व्यक्ति प्रहरीकाे नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १७ : ०८ मा प्रकाशित

नक्कली नोटसहित ९ व्यक्ति प्रहरीकाे नियन्त्रणमा

नेपाल प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरिएको जनाएको हो। 

बिहीबार नागढुंगा चेक प्वाइन्टमा पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा (नोट)३५ गड्डीमा ३५ लाख त्रिहत्तर हजार फेला पारिएको र थप अनुसन्धान गर्दा गंगबु र भक्तपुरबाट थप नक्कली नोटसहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

क) पक्राउ परेका व्यक्तिहरु:-

१. जिल्ला सिन्धुपाञ्चोक वलेफी गा.पा. वडा नं. ७ घर वताउने बर्ष ४० को अर्जुन सुबेदी ।

२. जिल्ला सिन्धुपाञ्चोक कोठे ९ घर वताउने बर्ष २५ को शुशिल कार्की ।

३. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २३ को शिव भण्डारी ।

४. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २३ को मिलन भण्डारी ।

५. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २४ को श्री कृष्ण भण्डारी ।

६. जिल्ला झापा कमल गा.पा. वडा नं. ३ घर बताउने बर्ष २९ को युवराज राई ।

७. जिल्ला अछाम मेल्लेख गा.पा. वडा नं. ३ घर बताउने बर्ष २१ को अर्जुन बुढा ।

८. जिल्ला गुल्मी वाडागाँउ गा.पा. वडा न . २ घर बताउने बर्ष ३४ को सागर आचार्य ।

९. जिल्ला नवलपरासी सरावल गा.पा. वडा नं. १ घर वताउने बर्ष ५३ कि पार्वती नेपाली ।

ख) बरामद दशी :-

१. दुबै स्थानमा बरामद भएका नक्कली नोट जस्तो देखीने ५४ गड्डीमा रु १,०००।- (एक हजार मात्र) दरका नेपाली मुद्धा (नोट) थान ५,२७५।- (पाँच हजार दुई सय पचहत्तरमात्र) वटा नोटको अंकित मूल्य अनुसार रु. ५२,७५,०००।- (बाउन्न लाख पचहत्तर हजार मात्र) रकम ।

२. मनिटर-१, सि पि यु-१, किबोर्ड-१, माउस-१, कम्प्युटरसेट थान-१ ।

३. पेपर कटर मेसिन थान -१, कलर प्रिन्टर थान -१ , प्रिन्ट पेपर रिम-१, खुल्ला पेपर २०० पेज, प्रिन्टर ink bottle cyan थान-१, gray थान-१, black थान-१, magenta थान-२, yellow थान-१, pink थान-१, synthetic gum 200ml, superior adnesive paste बोतल १, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, 8848 भोड्काको क्वाटर बोतलमा १ बोतल केमिकल, decorating powder ४ पत्ता, अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ samirul nadaf को नामको नेपाली राहदानी थान-१, wrapping tape १ बण्डल, एक हाजर दरको नोटको साईजको पेपर थान -९ ।

४. बा. ६३ प. २०७५ नं. को १५० सिसिको होण्डा मोटरसाईकल थान-१,

५. बा. प्र. ०२-०३९प ९४०७ नं. को एन एस पल्सर मोटरसाईकल थान- १,

६. बा.प्र.०२-०२८ प १३०६ नं.को स्कुटर थान- १ ,

७. बा. प्र. ०२-०३८ प ५६४२ नं. को २०० सिसिको एन एस पल्सर मोटरसाईकल थान -१,

८. स्मार्ट मोबाईल थान १० र सादा मोबाईल थान २ गरी जम्मा १२ थान मोबाईल ।

पक्राउमा परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद -२२ को मुद्रा सम्बन्धी कसूरमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन- ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको