Like us!
Follow us!
Connect us!
Watch us!

दशैँको मुखमा नक्कली नोट बिगबिगी : कसरी चिन्ने नाेट सक्कली की नक्कली ?

अर्थ संसार

शनिबार, १५ असोज २०७९, ०९ : ०० मा प्रकाशित

दशैँको मुखमा नक्कली नोट बिगबिगी : कसरी चिन्ने नाेट सक्कली की नक्कली ?

हामीले बेलाबेलामा नक्कली नाेट भेटियाे भन्ने खबरहरू सुनिरहेका हुन्छाैँ । दशैँको मुखमा नक्कली नोटको बिगबिगी झनै बढेको पाइएको छ । ठगी गर्ने नियत भएका व्यक्तीहरूले नक्कली नोटलाई सक्कली भनेर ठग्न सक्दछन् । त्यसैले हामीले नोट नक्कली होकी सक्कली हो छुट्याउन सक्नुपर्छ । 

नक्कली नोट कसरी चिन्ने ?

नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिँदैन ।

सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन सक्दछ ।

सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिँदैन तथा लत्पतिँदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

नोट नक्कली भनी शंका लागेमा के गर्नुपर्दछ ?

नोट नक्कली भनी शंका लागेमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्नुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको