Like us!
Follow us!
Connect us!
Watch us!

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धारको तयारी

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, १२ : ०२ मा प्रकाशित

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धारको तयारी

वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बिचमा बनेको टापुमा पाँच जना फसेका छन् । 

कंचनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेका हुन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।  

अबिरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँचजना फसेको प्रहरीले जनाएको छ । उनहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको