Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका शिकारी अनि तिनले थाप्ने पाशाे

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, ०८ : ०१ मा प्रकाशित

सेयर बजारका शिकारी अनि तिनले थाप्ने पाशाे

सामाजिक सञ्जालमा शिव चन्द्र (डाेन) काे नामले परिचित लगानीकर्ताले सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाे नाममा एक स्टाटस सार्वजनिक गर्दै आफ्नाे विचार व्यक्त गरेका छन् ।

सेयर लगानीकर्ता शिव चन्द्र (डाेन) काे स्टाटस यस प्रकारकाे छ :

सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाे :

शिकारी नं १. नेपाल राष्ट्र बैंक जसले समय समयमा सर्कुलरको पाशाे थाप्ने अनि मरिसके पछीको औषधी झैं थप पाशाे थाप्दै लगानिकर्ता लाई मल्हम लगाईदिए झैं थाप्ने झन् डरलाग्दो अर्को Slow poison पाशाे।

शिकारी नं २. पेड धर्कामान चित्रकार मित्रहरु जसले यतीसम्म झरेपछी फेरी अल टाईम हाई ब्रेक गर्छ भनेर माथिल्लो विन्दुको हवाला दिँदै तल्लो तल्लो विन्दुमा पाशाे थाप्ने।

 शिकारी नं ३. सेयर बजारको नियामक निकाय धिताेपत्र बोर्ड जसले यो गर्छौं, त्यो गर्छौं भनेर लगानीकर्तालाई आशाको पाशाे फ्याँक्ने, काम भने सिन्को नभाँच्ने ।

शिकारी नं ४. प्राय अनलाईन मिडियाहरु श्रोतको हवाला दिँदै कपोकल्पित र भ्रामक समाचारको पाशाे थापेर लगानीकर्तालाई आतंकको पाशाे थाप्ने।

शिकारी नं ५. प्राय विज्ञ विश्लेषक र लगानीकर्ताका नेता भनिनेहरुको दोहोरो चरीत्रको पाशाेको कारण पनि लगानीकर्ता आजित छन्।

समय खराब छ , बजार चारैतिरबाट शिकारीहरुको एकोहोरो पाशाेमा परेको छ। यस्तो अवस्थामा लगानीकर्ता आफ्नो लगानीमा दृढ र सँयम भएर आफ्नो सम्पत्तीको सुरक्षा आफै गर्नुको विकल्प छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको