Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, ११ : ०६ मा प्रकाशित

२ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

विभिन्न २ वटा कम्पनीकाे लिलामी सेयर भर्ने आज (कार्तिक ३ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ज्याेति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे लिलामी सेयर भर्ने आज (कार्तिक ३ गते, मंगलबार) अन्तिम दिन हाे ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे ज्याेति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता संस्थापक समूहकाे सेयर भदाै २९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भदौ ३१ गतेदेखि ९५ हजार १ सय ६६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २७५ रुपैयाँ ताेकिएकाे छ ।  लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजीम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको