Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले सेयर संरचना परिवर्तन गर्ने

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, ११ : ३५ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले सेयर संरचना परिवर्तन गर्ने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएकाे छ । 

बैंकको संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरुका सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेकाे हाे । बैंकले सेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी सकेको छ ।

बैंकले यदि सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक सेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस सेञ्चुरी कमसियल बैंक लिमिटेड केन्द्रीय कार्यालय, पुतलीसडकमा सम्पर्क राखी लिखित रुपमा निवेदन दिन अनुरोध गरेकाे छ । उक्त अवधिभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गर्नेतर्फ प्रक्रिया अगाडी बढाइने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 

616fafc566e9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको