Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सको नेप्सेले बढाइ दियो मूल्य, ११६ देखि ३५० सम्ममा कारोबार गर्न सक्ने

सोमबार, ०८ कार्तिक २०७३, १४ : ३५ मा प्रकाशित

सिर्जना फाइनान्सको नेप्सेले बढाइ दियो मूल्य, ११६ देखि ३५० सम्ममा कारोबार गर्न सक्ने


अर्थ संसार
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिर्जना फाइनान्सको सेयर मूल्य बृद्धि गरिदिएको छ। प्रति कित्ता ७१ रुपैयाँमा कारोबार भइरहेको फाइनान्सको नेप्सेले न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ रेन्ज तोकिदिएको हो । सिर्जनाले यसअघि सेयर मूल्य बृद्धि गरिदिन नेप्सेलाई निवेदन दिएको थियो । त्यसैलाई आधार मानेर नेप्सेले मूल्य तोकिदिएको हो।

कम्पनीले २०७३ असार मसान्तको वित्तीय विवरणलाई उदृत गर्दै प्रति सेयर नेटवर्थ १७९।८४ हुन आउने भन्दै ब्यहोरा नेप्सेलाई बुझाएको थियो। चुक्ता पुँजी २० करोड १६ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा दुई करोड ६३ लाख ८० हजार रुपैयाँ छ । बजार आफैंले मूल्य निर्धारण गर्ने खुल्ला बजार अर्थतन्त्रमा नेप्सेले तोकेको मूल्यलाई विज्ञहरुले अनौठो मानेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको